एसीसी यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
ratopati.com · Sun Nov 08 11:16:12 UTC 2026
काठमाडौँ । ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको हो ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । लगातार दुई खेलमा हार बेहोरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । यूएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ४१ ओभरमा १५३ रनमा समेटिएको थियो । नेपाली ब्याटरहरूले ठूलो साझेदारी गर्न नसक्दा टोलीले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)