बागेश्वरीमा सामूहिक गौपूजा सुरु
ratopati.com · Sun Nov 08 11:36:24 UTC 2026

चितवन। भरतपुर महानगरपालिका–१ स्थित बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आजदेखि सामूहिक गौपूजा सुरु भएको छ।
हरेक वर्ष तिहारका अवसरमा सामूहिक गौपूजा आयोजना गर्दै आएको परिषद्ले यस वर्ष पनि तीनदिने विशेष कार्यक्रम आयोजना गरेको हो। आजदेखि सुरु भएको कार्यक्रम २४ कात्तिकसम्म सञ्चालन हुनेछ। कार्यक्रममा गौपूजा, गोवर्द्धन पूजा, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)