भारतबाट भन्सार छली ल्याइएका २८ लाखभन्दा बढीका फूल नष्ट
kendrabindu.com · Sun Nov 08 11:52:56 UTC 2026

काठमाडौं । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका करिब २८ लाख २७ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका फूल बरामद गरी नष्ट गरेको छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी ल्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूल झापा र धनुषाका विभिन्न सीमावर्ती क्षेत्रबाट बरामद गरिएको हो।
सशस्त्र प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका फूल बरामद गरिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ जनाको मोबाइल गस्ती टोलीले २२ लाख ६८ हजार ४०० रुपैयाँ बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्रीका माला र २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला कमलका फूल बरामद गरेको थियो। बरामद फूल जनप्रतिनिधिको उपस्थितिमा सशस्त्र प्रहरी गण परिसरभित्र खाल्डो खनी नष्ट गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)