यूएईसँग नेपाल ७ विकेटले पराजित
barnanmedia.com · Sun Nov 08 11:50:27 UTC 2026
ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल यूएईसँग सात विकेटले पराजित भएको छ । नेपालले दिएको १५४ रनको सामान्य लक्ष्य यूएईले ३४ ओभर ४ बलमा तीन विकेट गुमाएर पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । नेपालको ब्याटिङमा सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाएका थिए। सचिन भट्टले ३२ रन जोड्दा नीरजकुमार यादव र दर्शन सोनारले समान १६ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)