मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
sutranews.com · Sun Nov 08 11:49:28 UTC 2026

काठमाडौं । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका२२ स्थित पुम्दीभुम्दी स्तूप जाने बाटोमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय सुरेश लामिछानेको प्रहरीले जनाएको छ ।शनिबार दुर्घटना भए पनि आइतबार मात्र उनको शव फेला परेको हो । मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको भनिए पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । स्थानीयले मोटरसाइकल दुर्घटनाबाट उनको मृत्यु भएको भन्ने विषयलाई अस्वीकार गर्दै छानबिनको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)