डीडीसीको बिक्री कक्ष भरतपुरमा
barnanmedia.com · Sun Nov 08 12:08:30 UTC 2026

भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डीडीसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाअध्यक्ष कमलबहादुर मल्लले संयुक्त रुपमा शुभारम्भ गरेका हुन्।
बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुने छ। दूध, दही, घीउ, पनिर, चिजलगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा जनरल स्टोर्सका सञ्चालक प्रदीप पण्डितले बताए। नागरिकको सुविधा र गुणस्तरका लागि बिक्री कक्ष सुरु गरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)