मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

kendrabindu.com · Sun Nov 08 12:32:03 UTC 2026

काठमाडौं । ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४।४ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)