मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा खण्डहर बनेको हिल्टनको भावुक शुभकामना- ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

news24nepal.tv · Sun Nov 08 12:14:37 UTC 2026

काठमाडौं । गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको अवसरमा दिएको शुभकामना सन्देशले धेरैको ध्यान खिचेको छ। होटलले नक्साल स्थित जलेर खण्डहर बनेको भवन अगाडी ठूलो ब्यानर राखेर २०८२ भदौमा देशले भोग्नुपरेको अप्रिय राष्ट्रिय विपत्तिलाई स्मरण गर्दै पुनः त्यस्तो अवस्था कहिल्यै नआओस् भन्ने कामना गरेको छ।

उक्त ब्यानरमा लेखिएको छ, ‘वि.सं. २०८२ भदौमा जस्तो अप्रिय राष्ट्रिय विपत्ति फेरि कहिल्यै भोग्न नपरोस्। देशमा सुख, शान्ति र समृद्धि छाओस्। पशुपतिनाथले हामी सबैको रक्षा गरून्। शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।’

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)