कांग्रेसभित्र शक्ति सङ्घर्ष
gorkhapatraonline.com · Thu Jun 25 00:31:23 GMT 2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थापन र इतर पक्ष छुट्टाछुट्टै रणनीति बनाउन व्यस्त छन् । पार्टीलाई एकताबद्ध बनाएर पुसमा हुने महाधिवेशनमा जुट्नुपर्ने बेला संस्थापन र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको इतर पक्षबिचको संवाद सार्थक नभएपछि अलग अलग भेलासँगै एकले अर्कालाई दबाब दिने गरी रणनीतिक कार्यक्रम भइरहेका छन् ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले बुधबार १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि देहायबमोजिम केन्द्रीय प्रतिनिधि तोकेको छ । यो अभियानलाई पूर्वसभापति शेरबहादुर देउवा समूहका शीर्ष नेताले बहिस्कारै गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)