मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा जेलब्रेक घटना : फरार थप दुई कैदीबन्दी पक्राउ

ratopati.com · Sun Nov 08 14:18:11 UTC 2026

सुर्खेत । डोल्पा जेलब्रेक गरी फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका—४ घर भएका २८ वर्षीय धनबहादुर भन्ने हरि बहादुर बुढा रहेका छन्।

उनीहरूसहित ८ जना कैदीबन्दी कात्तिक १४ गते ४ मिटर लामो सुरुङ खनेर भागेका थिए ।पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)