मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट

reportersnepal.com · Sun Nov 08 14:43:02 UTC 2026

काठमाडाैँ । इजरायलमा नयाँ सरकार गठनको अभ्यासकाबिच अरब राजनीतिक दलहरूले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगले पनि उहाँलाई सरकार गठनका लागि आमन्त्रण गरेका छन्।

गादी आइजेनकोटसँग नयाँ सरकार गठन गर्न अब २८ दिनको समय हुनेछ, जसमा सम्भावित १४ दिनको म्याद थपिएको छ। इजरायलको १२० सदस्यीय संसदमा सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन चाहिन्छ भने छ राजनीतिक दलका ६७ सांसदले आइजेनकोटलाई समर्थन गर्ने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)