मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अब सामुद्रिक नाकाबन्दीबाट इरानलाई घेर्ने अमेरिकी रणनीति

corporatenepal.com · Sun Nov 08 14:06:32 UTC 2026

काठमाडौं । इरानमाथि दबाब बढाउन अमेरिकाले सामुद्रिक नाकाबन्दीलाई स्थलमार्ग, व्यापारिक सञ्जाल र वित्तीय कारोबारसम्म विस्तार गर्ने रणनीति अघि सारेको छ। हर्मुज जलडमरू र अरेबियन खाडी क्षेत्रमा सामुद्रिक घेराबन्दी कडा बनाइरहेको अमेरिकाले अब इरानसँग जोडिएका स्थलसीमा र उत्तरतर्फको क्यास्पियन सागर क्षेत्रमा समेत निगरानी बढाउन नयाँ कार्यदल गठन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरको निर्देशनमा ‘टास्क फोर्स आइरन गेट’ स्थापना गरिएको हो। यसको मुख्यालय फ्लोरिडाको टम्पामा रहनेछ। सैन्य तथा नागरिक क्षेत्रका विशेषज्ञ सम्मिलित कार्यदलले इरानका गतिविधिमाथि निगरानी राख्न अमेरिकी सरकारी निकाय र गुप्तचर संस्थाहरूसँग समन्वय गर्नेछ। यसमा केन्द्रीय गुप्तचर निकाय (सीआईए) लगायतका संस्थाको समेत भूमिका रहने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)