मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्ले ४५० मेगावाट उत्पादन रोकिए पनि लक्ष्मीपूजामा विद्युत् माग सफलतापूर्वक व्यवस्थापन

lokaantar.com · Sun Nov 08 15:09:26 UTC 2026

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ । आन्तरिक माग पूरा गरेर भारततर्फ ५८७ मेगावाट विद्युत्समेत निर्यात गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो । उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)