मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं

nepallive.com · Sun Nov 08 15:15:53 UTC 2026

नेपाल सरकारले नेपाल सम्वत्‌लाई राष्ट्रिय मान्यता प्रदान गर्ने क्रममा अब सरकारी दस्तावेजहरूमा पनि यसको औपचारिक प्रयोग गर्ने आधिकारिक निर्णय गरिसकेको छ । यस अवस्थामा अब नेपाल सम्वत्‌को प्रयोग कुन स्तरमा पुग्यो भने यसले राष्ट्रिय मान्यता पाएको ठहर हुन्छ भनेर बुँदागत रुपमै स्पष्ट हुनुपर्ने खाँचो छ ।

नेवाः समुदाय, त्यसमा पनि काठमाडौं उपत्यकाका नेवाः समुदायको अगुवाई र सहभागितामा नेपाल सम्वत्‌को अभियान वा भिन्तुना आन्दोलन चलेको थियो । त्यसो भन्दैमा यो नेवाः समुदायको मात्र अभियान भने होइन । अहिले पनि यो नेवार समुदायको सम्वत् भन्ने भ्रम धेरैमा रहेको पाइन्छ । त्यही कारणले हरेक वर्ष प्रधानमन्त्रीलाई भेट्न जाँदा नेपाल सम्वत्‌को अभियान नेवाः समुदायले अगुवाई गरेकै आधारमा यो नेवाः हरूको मात्र सम्वत् भन्न मिल्छ भनेर प्रश्न सोध्दै आएको छु । नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चारै जना नेवाः समुदायका हुन् । नेपाली कांग्रेस संस्थापना गर्ने व्यक्तिहरू पनि नेवाः समुदायका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)