स्कटल्यान्डलाई हराउँदै ब्राजिल समूह 'सी' को शीर्ष स्थानमा, करिब ३ वर्षपछि मैदान फर्किए नेयमार
annapurnapost.com · Thu Jun 25 00:27:27 GMT 2026
काठमाडौं : समूह 'सी'को खेलमा ब्राजिलले स्कटल्यान्डलाई पराजित गर्दै समूहको शिर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। समूह 'सी' को मयामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गरेको हो। पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा १ गोल थप्यो। पहिलो हाफमा भिनिसियस जुनियरले २ गोल गरेका थिए। दोस्रो हाफमा म्याथेयस कुन्हाले गोल थपे।
ब्राजिल र स्कटल्यान्डबिचको खेलमा भिनिसियस जुनियरले खेलको सातौं मिनेटमा गोल गरेका छन्। उनले स्कटल्यान्डका गोलकिपरले राम्रोसँग कलेक्ट गर्न नसकेको बललाई गोलमा परिणत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)