मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

bishowkhabar.com · Sun Nov 08 15:41:17 UTC 2026

धनकुटा । तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ । मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ । तर, तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले क्रमशः ओझेलमा पर्दै गएको छ ।

तिहार नजिकिएसँगै मादलको माग बढ्ने र मादल बनाउने व्यवसायीलाई भ्याइनभ्याई चलन हो । तर, समयसँगै मनोरञ्जनका माध्यम र नागरिकको रुचि परिवर्तन हुँदै जाँदा मादलको प्रयोग घट्न थालेको छ । यसको असर मादल बनाउने परम्परागत सीप भएका व्यवसायीमा प्रत्यक्ष रुपमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)