१०औँ राष्ट्रिय खेलकुद : कर्णालीमा पहिलो चरणको बन्द प्रशिक्षण सुरु
baahrakhari.com · Sun Nov 08 15:57:01 UTC 2026
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आउँदो मंसिर १६ देखि २७ सम्म हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्र पार्दै पहिलो चरणको बन्द प्रशिक्षण थालेको छ । आइतबार (कात्तिक २२) कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष एवं सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पहिलो चरणको बन्द प्रशिक्षणको शुभारम्म गरेका हुन् ।
पहिलो चरणमा ह्यान्डबल र ब्याडमिन्टनका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । ह्यान्डबलका ३४ र ब्याडमिन्टनका १२ गरी ४६ खेलाडी प्रशिक्षणमा रहेका परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)