मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घर घरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

ratopati.com · Sun Nov 08 16:53:31 UTC 2026

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आज बेलुकी राजधानीलगायत देशभर घर–घरमा लक्ष्मीलाई स्वागत गर्न दीपावली गरिएको छ ।

तिहारका अवसरमा आज दीपावली गरिने मुख्य दिन हो । यसलाई दीपमालिका पनि भनिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिएको हो । यसैले तिहार पर्वलाई दीपमालिका पनि भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)