पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै
ratopati.com · Sun Nov 08 18:45:00 UTC 2026

महोत्तरी । मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ । जारी दीपावली र यो सम्पन्न भए लगत्तैको छठ पर्वको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्र अहिले पर्वमय बनेको बनेको हो ।
यी पर्व परम्परागत सीप भएका यहाँका जाति समुदायका लागि आर्जनको अवसर बन्दै आएका छन् । खासगरी आर्थिक रूपमा पछि परेका यहाँका कुमाल, बिन र डोम समुदाय अहिले आफ्नो पुर्ख्यौली पेसाको सीप बिक्ने अवसरले उत्साहित छन् । कुमालको माटाका भाँडा बनाउने तथा बिन र डोमको बाँसका कप्टेरा र चोयाबाट छिटी, नाङ्लो, चाल्नो र ससाना कनसुपीलगायतका सामग्री बनाउनु पुर्ख्यौली पेसा मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)