सेवा सुधारमा ‘जनमत’को अभियान
annapurnapost.com · Tue Jan 03 00:32:00 GMT 2023
काठमाडौं : ‘तपाईंको उपचार यस अस्पतालमा हुन सकेन ? के कारणले हुन सकेन लेखेर अस्पतालको पूर्जी फोटोकपीसहित यस सुझावपेतिकामा खसाल्नुहोस्। हामी सुधारको पहल गर्ने छौं’, भनेर सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको जनआवाज (गुनासो पेटिका)मा लेखिएको छ। यो पेटिका अस्पतालले राखेको होइन। हालै सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित जनमत पार्टी अध्यक्ष डा. सीके राउतले राखेका हुन् । उनले जनसम्पर्कका लागि मोबाइल नम्बर पनि उल्लेख गरेका छन्। उनको यो कार्यलाई नागरिक समाजले प्रशंसा गरेका छन्।
सार्वजनिक संघसंस्थाले पनि कार्यालयमा गुनासो पेटिका राख्ने र त्यहाँ परेका गुनासोको सम्बोधन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, सरकारी कार्यालयलगायतले लागु नगरेपछि डा. राउतले आफैं अस्पतालमा ‘जनआवाज’ नाम दिएर गुनासो पेटिका राखेका छन्। बेला–बेला उनी अस्पताल पुगेर पेटिका खोली पत्र लिएर जान्छन्। त्यसलाई अध्ययन गरेर सेवाग्राहीको समस्या समाधान गर्न खटिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)