स्थायी आवास र रोजगारी माग
gorkhapatraonline.com · Wed Sep 16 23:40:53 GMT 2026

भोटेकोशीमा आएको विनाशकारी हिमबाढीले घर, पसल र बर्साैंको मेहनत एकैछिनमा बगाउँदा घरबारविहीन भएका नुवाकोट–९ का अधिकांश पीडितको माग छ, “अब राहत होइन, स्थायी आवास र रोजगारीको व्यवस्था गरियोस् ।”
नुवाकोट जिल्लाको विदुर नगरपालिका–९, माछापोखरी, सिलट्याङ्की र सो वरिपरिका १२५ वटा घर, पसललाई बाढीले बगाएर बगर बनाएपछि बाँचेकाहरूले अहिले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएका छन् । प्राकृतिक विपत्तिले उनीहरूको बस्ने ठाउँ मात्र खोसेको छैन, जीविकोपार्जनको आधारसमेत खोसिदिएको छ । पीडितहरूलाई त्रिशूली आधारभूत विद्यालय र सुलक्षणा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा राखिएको छ । जोगेटारस्थित त्रिशूली आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिनुभएका माछापोखरीका इस्मिता श्रेष्ठले भदौ ९ गतेसम्म आफ्नै घरमा परिवारसँग सुरक्षित जीवन बिताइरहेका माछापोखरी र सिलट्याङ्कीका ४६ जनालाई भदौ १० गते आएको बाढीले बगाएर बेपत्ता पारेको तथा १२५ परिवारलाई घरबारविहीन बनाएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)