मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्यान्डको ह्वाइटवास

ekantipur.com · Tue Jun 28 01:02:22 GMT 2022

लिड्स — जोनी बेरिस्टोको आक्रामक ब्याटिङ मदतमा इंग्ल्यान्डले सोमबार न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिपमाथि ह्वाइटवास गरेको छ । उनले आफ्नो गृहमैदानमा तीव्र गतिको अर्धशतक इंग्ल्यान्डले जितका लागि २ सय ९६ रनको लक्ष्य सफलतापूर्वक पछ्याएपछि ७ विकेटले विजयी रह्यो । खेल सकिँदा इंग्ल्यान्ड तीन विकेट गुमाएर २ सय ९६ रनको स्थितिमा रह्यो । बेरिस्टो ७१ रन बनाएर नटआउट रहे । यो ३० बलमा सम्भव भएको रन स्कोर थियो ।

इंग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा यो दोस्रो तीव्र गतिको अर्धशतक हो । पूर्वकप्तान जो रुट ८६ रन बनाएर नटआउट रहे । उनले ५५ रनबाट व्यक्तिगत स्कोरबाट दिनको सुरुआत गरेका थिए । उनले आफ्ना योर्कसायर खेलाडी बेरिस्टोसँग मिलेर १ सय ११ रनको निर्णायक साझेदारी गरे । वर्षाले गर्दा अन्तिम तथा पाँचौं दिनको बिहानको खेल सम्भव भएको थिएन । इंग्ल्यान्ड २ विकेट गुमाएर १ सय ८३ बाट खेल्न अगाडि सुरु गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)