मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्मीपूजाको दिन बेलुका १८ सय १३ मेगावाट विद्युत् खपत

barnanmedia.com · Sun Nov 08 21:15:00 UTC 2026

यस वर्षको लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा विद्युत् माग उक्त विन्दुमा पुगेको हो।

प्राधिकरणका अनुसार उक्त समयमा देशभित्र कुल २ हजार ४००।३० मेगावाट विद्युत् उत्पादन भएको थियो। आन्तरिक खपत पूरा गरेपछि बचत भएको ५८७।३० मेगावाट विद्युत् भारत र बंगलादेश निर्यात गरिएको प्राधिकरणले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)