लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात
annapurnapost.com · Sun Nov 08 21:23:33 UTC 2026

काठमाडौँ : यस वर्षको लक्ष्मीपूजाको दिन नेपालमा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्दै ५८७ मेगावाट विद्युत् भारत निर्यातसमेत गरेको जनाएको छ ।
आइतबार साँझ ६ः१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको प्राधिकरणले जनाएको हो । उक्त समयमा प्रणालीको कुल पिक भार २ हजार ४०० मेगावाट रहेको थियो । विद्युत् आपूर्तिमा कुनै अवरोध नभएको प्राधिकरणले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)