मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज गाईतिहार, गौमाताको पूजा–आराधना गरी मनाइँदै

corporatenepal.com · Sun Nov 08 22:49:12 UTC 2026

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज गाईतिहार मनाइँदै छ। कार्तिक कृष्ण औँसीका दिन मनाइने गाईतिहारमा गाईलाई पूजा, आराधना गरी मीठा परिकार खुवाउने धार्मिक तथा सांस्कृतिक परम्परा छ।

हिन्दू धर्ममा गाईलाई माता तथा लक्ष्मीको प्रतीकका रूपमा लिइन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने भएकाले पनि यसको विशेष महत्त्व रहेको छ। गाईको दूध आमाको दूधजस्तै पौष्टिक हुने मान्यताका कारण गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)