आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा
ratopati.com · Sun Nov 08 23:38:12 UTC 2026

भोजपुर । आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै भोजपुरका गाउँघरमा तिहार मनाउने मौलिक परम्परा क्रमशः हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएका परम्परागत संस्कार, विधि र स्थानीय सामग्रीको प्रयोग घट्दै जाँदा तिहारको मौलिकता कमजोर बन्दै गएको हो ।
स्थानीय वृद्धवृद्धाका अनुसार तिहारका मौलिक परम्परा केवल पर्व मनाउने विधि मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचान र पुस्तौँदेखिको अनुभवसँग जोडिएका छन् । नयाँपुस्ताले पुराना परम्पराको महत्त्व बुझेर त्यसलाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)