गाई तिहार तथा गोवर्धन पूजा : आस्था, परम्परा र गो संरक्षण
himalpress.com · Sun Nov 08 23:27:05 UTC 2026

भारतवर्षको वैदिक सनातन संस्कृतिलाई नियाल्ने हो भने यहाँको सभ्यता र संस्कृति गोवंशसँग अभिन्न रूपमा जोडिएको पाइन्छ। वैदिक कालदेखि नै धार्मिक, आध्यात्मिक, सामाजिक तथा आर्थिक जीवनमा गाईको विशिष्ट स्थान रहँदै आएको छ। धार्मिक कर्मको प्रारम्भमा गोदान गर्ने र यज्ञको समापनमा आचार्य तथा ऋत्विकहरूलाई यज्ञान्त गोदान एवं दक्षिणाका रूपमा गाई प्रदान गर्ने परम्परा प्रचलित थियो। कालक्रमसँगै गाईको उपलब्धता न्यून हुँदै गएपछि कतिपय कर्ममा गोदानको सट्टा द्रव्य प्रदान गर्ने प्रचलन विकसित भएको देखिन्छ।
वैदिक यज्ञीय परम्परामा ब्राह्मणहरूलाई गाईको दूधबाट तयार पारिएको पायस भोजन गराउने विधान रहेको पाइन्छ। यसै सन्दर्भमा ‘ब्राह्मणानामन्वाहार्यम्’ भन्ने वैदिक वचन स्मरणीय छ। यसरी गोवंश धार्मिक अनुष्ठानको एउटा अङ्ग मात्र नभई मानव जीवनको पोषण, कृषि, अर्थतन्त्र र संस्कृतिको आधारका रूपमा स्थापित हुँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)