मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी

ratopati.com · Sun Nov 08 23:57:00 UTC 2026

धनुषा । मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यसको माग बढेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्‍याएका थिए । धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुग्न थालेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)