कोप–३१ : भोटेकोशीदेखि थामेसम्मका विपद् देखाएर नेपालले माग्दैछ जलवायु न्याय
lokaantar.com · Sun Nov 08 23:52:55 UTC 2026

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसबाट नेपालले भोग्नुपरेको मानवीय तथा आर्थिक क्षतिको वास्तविकता प्रस्तुत गर्दै नेपालले आजदेखि टर्किएमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्यायको मुद्दा उठाउँदैछ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, असोज २५ गते गोरखाको बूढीगण्डकीमा आएको लेदोसहितको बाढी, गत वर्ष लेन्दे खोलामा आएको बाढी र दुई वर्षअघि सोलुखुम्बुको थामेमा गएको बाढीलाई नेपालले जलवायु सङ्कटका उदाहरणका रूपमा अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)