मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलको उत्पादन बढेपछि मूल्यमा गिरावट

lokaantar.com · Sun Nov 08 23:59:25 UTC 2026

यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेपछि सुनसरीमा बजारमा मूल्य घटेको छ । आपूर्ति पर्याप्त भएपछि फूलको मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारीसमेत घाटामा परेका छन् ।

विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताए । किसानबाट प्रतिमुठा ८० रुपैयाँमा खरिद गरेको फूल अहिले बजारमा ५० रुपैयाँमा बिक्री गर्नुपरेको उनको भनाइ छ । गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)