मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

केराका बोट, आम्दानीको स्रोत

barnanmedia.com · Mon Nov 09 00:12:29 UTC 2026

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो । पर्वका अवसरमा केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्याएका थिए । धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुगेका थालेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)