आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय
barnanmedia.com · Mon Nov 09 00:19:19 UTC 2026

गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ । पीडा भुल्न अझै लामो समय लाग्ला । बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ । यसबाट नेपालले अर्बौँको भौतिक क्षति व्यहोर्नुपरेको छ । यो चोट सेलाउन नपाउँदै गत असोज २५ गते गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले अर्को पीडा थप्यो ।
गत वर्ष पनि हिमताल फुटेर लेन्दे खोलामा बाढी आएको थियो । यसले पनि जनधनको क्षति गरायो । एक वर्षपछि दोहोरिएर भोटेकोशीमा आएको बाढीले अकल्पनीय क्षति भोग्नुपरेको छ । दुई वर्षअघि पनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा एकाएक लेदोसहितको बाढी पस्यो । स्थानीयले यस्तो विपद् आउला भन्ने कल्पना गरेका थिएनन् । त्यहाँ पनि हेर्दाहेर्दै क्षणभरमै बस्ती बगरमा परिणत भयो । भोटेकोशी, बूढीगण्डकी र थामेको बाढीले उजाड बनाएका दृश्य सम्झँदा जोकोहीको मन भक्कानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)