मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

पुर्खाले गाईलाई किन महत्त्वपूर्ण सम्पत्तिका रूपमा माने ?

ratopati.com · Mon Nov 09 00:23:02 UTC 2026

काठमाडौँ । ऋग्वेदमा गाईलाई लिएर स्तुति प्रशस्तै आएका छन् । ऋग्वेदको दोस्रो मण्डलको ३५औँ सूक्तमा गाईको कामना गरिएको छ, ‘स्व आ दमे सुदुधा पस्य धेनुः’ (ऋग्वेद २/३५/७) । अर्थात् आफ्नो घरमा दुधालु गाई होस् । यस्तै, अथर्ववेदमा गाईलाई सम्पत्तिको भण्डार मानिएको छ, ‘धेनुं सदनं रयीणाम्’ (अथर्ववेद ११.१.३४) ।

पशुपालन युगमा र कृषियुग सुई भइसकेपछि गाई धनको महत्त्वपूर्ण स्रोत हुन आइपुग्यो । दूध, बाच्छाबाच्छी र मल उत्पादन हुने हुँदा हाम्रा पुर्खाले गाईलाई पशुधनमध्ये प्रमुख धन माने । कृषिकर्म गर्नका लागि मात्रै होइन, बारम्बार भइरहने युद्ध वा आक्रमणको प्रतिकार गर्न, वा कमजोर राज्यमाथि धावा बोल्न पनि मानिस बलियो हुनुपथ्र्यो, जसका लागि गाईको दूध वा घिउ महत्त्वपूर्ण खाद्यपदार्थ बन्यो । मानिसले घरपालुवा बनाएर पौष्टिक आहारा दिँदा गाईले पनि बढी दूध दिन थाले । त्यसैले हाम्रा पुर्खाले गाईलाई महत्त्वपूर्ण सम्पत्तिका रूपमा लिँदै आए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)