मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजिप्टमा दुई रेल ठोक्किए : ७ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

lokaantar.com · Mon Nov 09 00:33:42 UTC 2026

इजिप्टको ऐतिहासिक सहर गिजा नजिकै दुईवटा रेल आपसमा ठोक्किएर भएको भीषण दुर्घटनामा कम्तीमा ७ जनाको ज्यान गएको छ भने १०० भन्दा बढी मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्।

देशको रेलवे प्राधिकरणका अनुसार गिजा र काहिराबाट दक्षिणतर्फ जाँदै गरेका दुईवटा रेल आपसमा ठोक्किएका थिए। ठोक्किएपछि रेलका धेरै डब्बाहरू लिकबाट बाहिर निस्किएर नजिकैको ढिस्कोबाट तल खसेका थिए। दुर्घटनालगत्तै घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको थियो। उद्धारकर्ताहरूले पल्टिएका डब्बाहरूभित्र फसेका घाइते यात्रुहरूको खोजी तथा उद्धार गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)