मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको तेस्रो दिन आज गाईपूजा गरिँदै

kendrabindu.com · Mon Nov 09 00:47:57 UTC 2026

काठमाडौं । तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर गाई तिहार पर्व मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ।

गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)