मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरुङ खनेर फरार मध्ये छ जना कैदीबन्दी पक्राउ

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

काठमाडौँ । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँमाथिको जङ्गलबाट दुई जनालाई पक्राउ गरिएसँगै पक्राउ पर्नेको सङ्ख्या छ पुगेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार आइतबार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका त्रिपुरासुन्दरी–४ का हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विकलाई लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)