हिमाली क्षेत्रमा हिमपातको सम्भावना
nepalviews.com · Mon Nov 09 00:31:09 UTC 2026

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले सोमबार देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भई हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)