मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

nagariknews.nagariknetwork.com · Mon Nov 09 00:32:04 UTC 2026

गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्ला। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौँको भौतिक क्षति व्यहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै गत असोज २५ गते गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले अर्को पीडा थप्यो।

गत वर्ष पनि हिमताल फुटेर लेन्दे खोलामा बाढी आएको थियो। यसले पनि जनधनको क्षति गरायो। एक वर्षपछि दोहोरिएर भोटेकोशीमा आएको बाढीले अकल्पनीय क्षति भोग्नुपरेको छ। दुई वर्षअघि पनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा एकाएक लेदोसहितको बाढी पस्यो। स्थानीयले यस्तो विपद् आउला भन्ने कल्पना गरेका थिएनन्। त्यहाँ पनि हेर्दाहेर्दै क्षणभरमै बस्ती बगरमा परिणत भयो। भोटेकोशी, बूढीगण्डकी र थामेको बाढीले उजाड बनाएका दृश्य सम्झँदा जोकोहीको मन भक्कानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)