मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतान्याहूलाई प्रधानमन्त्री हुनबाट रोक्न अरब दलहरूको समर्थन आइजेनकोटलाई

kendrabindu.com · Mon Nov 09 00:56:05 UTC 2026

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको कसरत भइरहेका बेला अरब राजनीतिक दलहरूले पूर्वसेना प्रमुख गादी आइजेनकोटलाई समर्थन गरेका छन् । राष्ट्रपति इसाक हर्जोगले पनि उनलाई सरकार गठनका निम्ति आमन्त्रण गरेका छन् ।

आइजेनकोटले सरकार गठनका निम्ति २८ दिनको समय पाएका छन् । आवश्यक परे उनले थप १४ दिनको म्याद पाउन सक्छन् । इजरायलको १२० सदस्यीय संसद्‌मा सरकार गठनका निम्ति कम्तीमा ६१ सांसदको समर्थन आवश्यक हुन्छ । आइजेनकोटलाई ६ राजनीतिक दलका ६७ सांसदको समर्थन रहेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)