तिहारको चौथो दिन गाईपूजा गरिँदै
saralpatrika.com · Mon Nov 09 00:58:52 UTC 2026

काठमाडौँ। तिहारको चौथो दिन आज गाईको पूजा गरी गाईतिहार मनाइँदै छ। यस अवसरमा गाईको पूजा गरेर मीठा परिकार खान दिने चलन छ।
हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)