पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
arthasansar.com · Mon Nov 09 01:21:07 UTC 2026

सोमबार देशका केही स्थानमा वर्षा हुनेछ । केही भूभागमा हिमपातको पनि सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)