मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको चौथो दिन गाईपूजा गरिँदै

rajdhanidaily.com · Mon Nov 09 01:27:49 UTC 2026

काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)