मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

khabarhub.com · Mon Nov 09 01:50:15 UTC 2026

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ । गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो ।

गाउँपालिकाभित्र आवश्यक पर्ने फूल स्थानीयस्तरमा उत्पादन गरी बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)