सुर्खेतमा तीन जुवाखालमा छापा, २७ जना पक्राउ
kendrabindu.com · Mon Nov 09 01:56:48 UTC 2026

सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरका तीन स्थानमा छापा मारेर जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ५ लाख ८८ हजार ३ सय ८५ रुपैयाँ नगद र जुवातास बरामद गरेको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाको कमान्डमा खटिएको टोलीले चाडपर्वका बेला विभिन्न स्थानमा जुवातास खेल्ने र नगद कम देखाएर मोबाइल बैंकिङलगायतका माध्यमबाट ठूलो रकमको कारोबार गरी सट्टेबाजी गर्ने गरेको सूचनाका आधारमा छापा मारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)