आज यमपञ्चकको तेस्रो दिन गाई तिहार, घर–घरमा गाईको पूजा आराधना गरी मनाइँदै
ajakoartha.com · Mon Nov 09 01:42:00 UTC 2026

काठमाडौँ- यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने परम्परा रहिआएको छ ।
तिहारको औँसीको दिन आज गाईलाई धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी घरमा सुख, शान्ति, शुभता र समृद्धिको कामना गरिन्छ । ऋग्वेद र अथर्ववेदमा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीक तथा मातृ स्वरूप सम्मानयोग्य प्राणीका रूपमा व्याख्या गरिएको छ । गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास हुने धार्मिक विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)