मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसी लगातार दोस्रो पटक एमएलएस गोल्डेन बुट जित्ने पहिलो खेलाडी

barnanmedia.com · Mon Nov 09 01:56:59 UTC 2026

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी मेजर लिग सकर (एमएलएस)मा लगातार दुई सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले इस्टर्न कन्फरेन्समा दोस्रो स्थान हासिल गरेको छ ।

एमएलएसको साविक विजेता मियामीले नियमित सिजनको अन्तिम खेलमा शनिबार चार्लोटसँग ३–३ गोलको बराबरी खेल्यो । उक्त खेलमा मेसीले गोल गर्न नसके पनि दुई गोलका लागि अवसर सिर्जना गरे । उनले दुवै अवसर कर्नर प्रहारमार्फत जुटाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)