डोल्पा कारागारबाट भागेका ६ कैदीबन्दी पक्राउ
khabarhub.com · Mon Nov 09 02:35:01 UTC 2026

कर्णाली– जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ मध्ये ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् ।
उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)