घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
sutranews.com · Mon Nov 09 02:41:15 UTC 2026

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चितवन प्रहरीका अनुसार आज बिहान ५ बजे सडकमाथिबाट पहिरो खसेपछि राजमार्गमा दुवैतर्फको यातायात आवागमन ठप्प भएको हो। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी तथा सम्बन्धित निकायको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खस्दा राजमार्ग केही समय अवरुद्ध भएको थियो। पटकपटक पहिरो खसिरहेको र जोखिम कायमै रहेकाले उक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)