मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

khabarhub.com · Mon Nov 09 02:49:43 UTC 2026

बाजुरा– तिहार पर्वको सार्वजनिक बिदाको समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ । जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो ।

अदालतका अनुसार उक्त अवधिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)