मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशीको कटान नियन्त्रण नहुँदा हाकुबेँसीका १५६ परिवार स्थानान्तरणको पर्खाइमा

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

काठमाडौँ । भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम कायम रहेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

नदीको बाढीले गाउँको तल्लो भागबाट तीव्र रूपमा कटान गरेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको छ। स्थानीय निमाकैसाङ तामाङका अनुसार भूबनोट कमजोर भई पहिरो खस्ने क्रम निरन्तर जारी रहेकाले समुदायका तर्फबाट प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षित स्थानमा स्थानान्तरणका लागि लिखित मागपत्र बुझाइएको छ। कटानका कारण गाउँमा रहेको एउटा विद्यालय र प्रहरी चौकीसमेत उच्च सङ्कटमा परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)